कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १४ । कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म १ ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् । उनीहरुको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्