सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइटले काम गरेन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १४, । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्