१४ माघ, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।
यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।











