सर्वोच्चको फैसलालाई स्वीकार गर्ने : रवि लामिछाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १३ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताउनुभएको छ ।

शुक्रबार गृहमन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै लामिछानेले अदालत भन्दा माथि कोहि पनि नरहेको भन्दै अदालतको फैसलालाई स्वीकार गर्ने बताउनुभएको हो । उहाले अहिले आफु कुनै हैसियतमा नरहेको र अनागरिक भएको प्रतिक्रिया दिनुभयो । यतिवेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उहाले अनागरिकसंग कुनै पनि प्रश्नको जवाफ नरहेको उहाको भनाइ छ ।

उहाले अहिले आफु राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतमा नरहेको पनि बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्