१६ लाख भन्दा बढि ठगि गर्ने एक व्यक्तिलाई पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १३ । नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढि ठगि गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारीक कर्मचारी हुँ भनि ठगि गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनले इसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेट लगाएतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुराई १६ लाख १३ हजार ठगि गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो । आफुलाई ठगि गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोईरालाले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्