स्थायी बिकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने भन्दै सुकुम्वासी मोर्चाद्धारा धर्ना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १३ । भूस्वामित्व सहितको स्थायी बिकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले काठमाडौंको बानेश्वरमा धर्ना दिएका छन् ।

उनीहरुले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्नुपर्ने र स्थायी बिकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने धर्ना दिएका हुन् । उनीहरुले भूमि अभियान्तामाथिको झुटो जाहेरी निसर्त फिर्ता गर्नुपर्ने, भूमिऐन बमोजिम सुकुम्वासीलाई लालपूर्जा बितरण गर्नुपर्ने माग पनि राखेका छन् । आफुहरुलाई काठमाडौं महानगरले ज्यादती गरेको र प्रक्रिया पुरा नगरि उठिवास लगाउन खोजेको आरोप उनीहरुले लगाएका छन् ।

भूस्वामित्व सहितको स्थायी बिकल्प नदिएसम्म आफुहरु यथास्थानबाट नहट्ने उनीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्