अनेरास्ववियुद्वारा शिक्षामन्त्रीकाे पुत्ला दहन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ माघ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रमा कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने निर्णय गरेसँगै यसकाे विराेधमा उ‍त्रिएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्