गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

खबर बुक
  • ख-
  • ख+

१३ माघ, काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा शुक्रबार नै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्