नेपालमा पाँच जना कोरोना संक्रमित थपिए

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३१ पीसीआर परीक्षण गर्दा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्