प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १२ । मंगलबार संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति तथा संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ ।

इलामको सूर्योदय नगरपालिका ११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । आचार्यले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।

आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी आईपुगेको परिसरका एसपी दिनेश मैनालीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्