पोखरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडो., माघ ११ । पोखरा महानगरपालिका–३३ चवादीको भित्री कच्ची सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा–३३ को चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग १ त ६६६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकमा पल्टँदा ट्रयाक्टरमा सवार ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको हो ।

पल्टिएको ट्रयाक्टरले च्यापिएर घाइते भएका लामिछानेको उपचारका क्रममा ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । घटनापछि ट्रयाक्टर चालक र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा राखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्