उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र’ भनेका छन् ।
सामाजिक सञ्जालबाट आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री लामिछानेले आचार्यलाई उत्साह थपेर आत्मदाहको निर्णय फेर्न नसकेकोमा माफी समेत मागेका छन् ।
उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम समेत रहेको उनले बताएका छन् । ‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं,’ लामिछानेले भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो ।’











