विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको २ लाख १४ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्