काठमाडौं, १० माघ । आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १ बजे बस्दैछ ।
प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाइ एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।











