कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

कञ्चनपुर, ९ माघ । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्