नेपाली कांग्रेसले संसदमा रहेको सबै दलहरूसँग राष्ट्रपतिको लागि समर्थन माग्ने जनाएकाे छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता प्रशकाशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।











