काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको बताउनुभएको हो । उहाले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने जिकिर गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । उहाले राजनीतिक संयन्त्रको बिरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताउनुभयो ।
कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उहाको भनाइ छ ।











