पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

खबर बुक
  • ख-
  • ख+

इस्लामाबाद, ४ माघ।पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ ।

तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गरे । प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रान्तमा पछिल्ला वर्षमा   पाकिस्तानका केही पोलियो संक्रमण देखिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको संक्रमण देखिएको थियो ।

कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंमसेवीलाई निशाना बनाउँदा विगतामा पोलियो अभियान प्रभावित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्