कर्णालीको उपसभामुख बुधबार चयन गरिने

न्युज कारखना
  • ख-
  • ख+

सुर्खेत, ३ माघ । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्