प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको छ।











