काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताउनुभएकाे छ ।
सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गर्नुभयाे ।
देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उहाले बताउनुभयाे । गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उहाको भनाइ छ ।











