विमान दुर्घटना परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, २ माघ ।  विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ ।

उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले अल्पायुमा नै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली ब्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६९जनाको मृत्यु भएको र बाँकी ३ जनाको खोजी भैरहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्