सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

२ माघ २०७९।सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ ।सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्