विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ।यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै दुःख प्रकट गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि ट्वीटमार्फत पोखरामा भएको विमान दुर्घटनाको खबरले गहिरो दुःख लागेको उल्लेख गरेका छन् ।

अमेरिकी दूतावासले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताएका छन् ।

रुसी समाचार संस्था तासले राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ ।

त्यस्तै पाकिस्तानले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्