विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ माघ।आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् ।

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्