विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १ माघ ।पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।

तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्