भक्तपुरमा दुर्घटनामा परी तीनजना घाइते

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, १ माघ  । भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आज साँंझ भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा.पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोक्का मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये नरेशको नजिकैको डा.ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर ईन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिष्चार्ज भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाकारी दिनुभयाे ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगेको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर न.पा ६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्