दुर्घटनाग्रस्त विमानमा १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु- महाप्रबन्धक ठाकुर

खबर बुक
  • ख-
  • ख+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको जनाएको छ ।

आइतबार बिमानस्थलमा पत्रकार सम्मेलन गदैै विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं र पोखराको मौसम पनि सफा रहेको र मापदण्ड पूरा गरेरै उडान भरेको जानकारी दिनुभयो । पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला रहेको र दुर्घटना हुनु अघि अन्य विमानले पनि उडान भएको उहाले जानकारी दिनुभयो । पोखरा एयरपोर्ट नजिकै भएको दुर्घटनामाग्रस्त बिमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रुका साथै चार चालक दलका सदस्य रहेको ठाकुरले बताउनुभयो । महाप्रबन्धक ठाकुरले दुर्घटना अघि पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि बताउनुभयो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा दुर्घटनामा परेको ठाकुरले जानकारी दिनुभयो । शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिने उहाको भनाइ छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्