दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान, आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको हाे।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ। दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्