ब्रासिलियामा दंगाः पूर्वन्यायमन्त्री पक्राउ

खबर बुक
  • ख-
  • ख+

ब्रासिलिया, १ माघ।ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन् ।

संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन् । हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए । घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो । जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस संयुक्त राज्य अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए ।

यसअघि बोल्सोनारो पनि अनुसन्धानको दायरमा तानिएका थिए । सर्वोच्च अदालतले जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्र्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्