न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्कन गृहमन्त्री लामिछानेको आग्रह

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष ३० । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्कन आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंको माइतिघरमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै धर्ना बसिरहेका अधिकारकर्मीसंग भेट गर्दै लामिछानेले उक्त घटनामा अनुसन्धान जारी रहेकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्दै घर फर्कन आग्रह गर्नुभएको हो । मन्त्री लामिछानेले प्रक्रिया पु¥याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभयो । आफु मन्त्री भएको तीन दिनमा नै उक्त घट्नाका सम्बन्धमा गम्भीर भएर अनुसन्धानमा खट्न निर्देशन दिएको पनि उहाले बताउनुभयो ।

सो क्रममा अधिकारकर्मी रुवी खानले पटक पटकको आश्वासनपछि पनि न्याय नपाएकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको र न्याय नपाएसम्म घर फर्कन नसक्ने बताउनुभयो । उहाले आफुहरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्