काठमाडौं, ३०पुस। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।
काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिए।











