काबुलमा भएको आत्मघाती हमलाको निन्दा

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क–अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।

बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए । घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्