बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामाकाे माग गर्दै विपक्षीद्वारा प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

ढाका, २८ पुस । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी) को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी ¥याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताउनुभयाे।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे । ‘जनताहरू यस अधिनायकवादी शासनबाट स्वतन्त्रता चाहन्छन्’ आलमगीरले भन्नुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्