एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन

खबर बुक
  • ख-
  • ख+

एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारत पराजित भएको छ ।

राति भएको खेलमा श्रीलङ्काले भारतलाई ६ विकेटले हराएको हो ।

हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ ।

भारतले दिएको १७४ रनको लक्ष्य श्रीलङ्काले १९ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

सुपर ४ मा श्रीलङ्का २ खेल जित्दै ४ अङ्कसहित शीर्ष स्थानमा छ । त्यस्तै २ अङ्कसहित पाकिस्तान दोस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्