रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको जावलाखेलमा विशेष समारोहकाबीच वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो ।भोटो जात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छिन् । नेपाली सेना, नेपाल प्रहरीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । सोही अवसरमा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गरेकी थिइन् ।

 

Avatar

मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा सम्पन्न गरिएको हो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।

Avatar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्