जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफुखुसी पोल भाडा बढाएको र आफुहरुको मागका बिषयमा पनि कुनै सुनुवाई नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्म विपरित भएकाले राज्यको उच्चस्तरिय समिति गठन भइ प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।

पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताउनुभयो ।

उहाले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन भएको उल्लेख गर्नुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्