विराटनगर महानगरको कार्यपालिकामा गठबन्धन पराजित, एमाले विजयी

खबर बुक
  • ख-
  • ख+

विराटनगर महानगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेस–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन पराजित भएको छ। शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनमाथि नेकपा एमालेका उम्मेदवारले जित हासिल गरेका हुन्।

कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन्।

महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो। यस्तै जसपाले १०, स्वतन्त्र तीन र राप्रपाको एक जना निर्वाचित भएका थिए।

सँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मतमात्रै थियो। तर जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवाररलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सञ्जीव साह ५२ मत ल्याएर विजयी भएका छ्न्।

अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भएका छन्।

महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्।

कांग्रेसका पराजित उम्मेदवारहरू अञ्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रूपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मतमात्रै पाएका थिए।

गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ। मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १५ जना भएका छन्।

कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्