जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम

खबर बुक
  • ख-
  • ख+

नयाँ दिल्ली, १६ पुस।जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ ।

चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।

‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ’, मन्त्री मण्डावियाले एक ट्वीटमा भने ।

परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ । चीनमा कोभिड संक्रमणका घटनाहरु ब्ढिरहेका बेला भारतले पछिल्लो कदम चालेको हो । नयाँ कोभिड भेरियन्ट बीएफ७का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ ।

संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन् । एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्