सुनचाँदीको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख+


७ वैशाख, काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।


आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्