भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

खबर बुक
  • ख-
  • ख+

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ ।

प्रधानमन्त्री मोदीकी आमा हिरा वेनको १ सय वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको हो ।

बिरामी भएपछि गत मंगलबार गुजरातको अहमदावादस्थित अस्पतालमा भर्ना गरिएकाे हिरावेनको उपचारकै क्रममा शुक्रबार बिहान पौने ४ बजे निधन भएको हो ।प्रधानमन्त्री मोदी गत बुधबार अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझेर दिल्ली फर्कनु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्