नेपालमा थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, पुष १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार चार सय ३२ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्