देशभर थप ७ जनामा कोरोना पुष्टि

खबर बुक
  • ख-
  • ख+

देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४११ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय १२ जनाको पीसीआर र ६९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज २ जना संक्रमणमुक्त भएका छन् भने देशभर १६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्