चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टी- महासचिव पोखरेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको दाबी गर्नुभएको छ ।

आइतबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको भन्दै एमाले धेरै जिल्लामा क्लिन स्वीप गर्ने पार्टी बनेको समेत बताउनुभयो । महासचिव पोखरेलले अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गर्नुभयो । उहाँले चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको भन्दै स्वभाविक रुपमा एमाले भविष्यमा राष्ट्रको नेतृत्व गर्न सक्षम छ भन्ने कुरामा सफलता हासिल गरेको दावी गर्नुभयो ।

महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले सत्ता गठबन्धन सरकार गठन नजिक भएपनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलले सत्ता गठबन्धन राष्ट्रको समस्या र चुनौती सामना गर्ने विषयमा असफल रहेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनको कुनै उदेश्य, लक्ष्य र गन्तव्य नरहेकाले गठबन्धन स्वार्थहरूको झुन्ड भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्