आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा तनहुमा एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

तनहुँ, २९ मंसिर । आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् ।

४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्