
काठमाडौं, २८ मंसिर । फौजदारी संहिता कार्यविधि सम्बन्धमा सरकारले सिफारिस गरेको अध्यादेश अविलम्व प्रमाणीकरण गर्न माग गर्दै थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ ।
सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको यसलाई प्रमाणीकरण गर्नुपर्ने उनीहरुको भनाई छ ।
समितिले अध्यादेश प्रमाणीकरण नभएसम्म निरन्तर रुपमा दवावका कार्यक्रम गर्ने पनि जनाएका छन् । राजनीतिक मुद्धाहरु राजनीतिक तवरले समाधान गर्नुपर्ने उनीहरुको माग छ ।