सपिङ कम्प्लेक्समा आगलागी, १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

मस्को, २४ मंसिर।।मस्कोको छेउमा रहेको एउटा प्रमुख सपिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।

आगलागीको भिडियोमा विशाल मेगा खिम्की मलमा विस्फोट भएको देखाइएको छ।  आगलागीबारे अनुसन्धान भइरहेको छ । विद्युतीय त्रुटीले आगो लागेको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।  दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको आपत्कालीन मन्त्रालयले जनाएको छ । आगलागीबाट ३२ देखि ४८ करोड डलर क्षति भएको अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्