जितकुण्डो सेमिनार आजदेखि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर ।।नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार आज बुधबारदेखि हुने भएको छ ।

सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए ।

सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गर्ने छन् । दुईदिने सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्