काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारण, विशेषगरी निम्न आय भएका नागरिक बढी प्रभावित भएको बताइन्।
‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ । यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्, ‘यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनतालाई आक्रान्त बनाएको छ।’
सांसद अर्यालले ग्यासको अभावसँगै महँगो मूल्यमा ग्यास किन्न जनता बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा निम्न वर्गका नागरिक ग्यास अभावका कारण थप समस्यामा परेको बताइन्।
‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ । तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ,’ उनले भनिन्।
एउटा मात्रै ग्यास सिलिन्डर हुने र त्यही दिन ग्यास साटेर ल्याउनुपर्ने परिवारको संख्या तथा त्यससम्बन्धी तथ्यांक सरकारसँग छ कि छैन भन्ने प्रश्नसमेत उनले गरिन्।
‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन् । निम्न व











