काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ।
सोमबार झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा उनका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले बताएका छन्।
प्रहरीसँग मुठभेड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी रहेका छन्।









